खाद्यय सुरक्षित कार्यक्रम अन्तर्गत उत्कृष्ट कृषक पुरस्कृत  



बासुदेव शर्मा, जाजरकोट ।  कृषि ज्ञान केन्द्र जाजरकोटले खाद्यमा सुरक्षित जिल्ला वनाउनका लागी जाजरकोटका सात वटै गाउँपालिका नगरपालिकामा रहेका राम्रो काम गर्ने कृषक,कृषि समुह, कृषि फर्म लगाएत सहकारी संस्थाहरुलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ ।

खाद्य असुरक्षित जिल्लाको सुचिमा रहेको जाजरकोटलाई खाद्य सुरक्षित जिल्ला वनाउनका लागी किसानहरुलाई हौसला प्रदान गर्न प्रोत्साहन रकम र मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको हो ।

जाजरकोटका सातवटै गाउँपालिका नगरपालिकाका १ सय १७ जना कृषकहरु कृषि ज्ञान केन्द्र जाजरकोटले २० हजारका दरले प्रोत्साहन रकम वितरण गरेको छ भने मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार भेरी नगरपालिका ११ नमुना लक्ष्मी महिला कृषक समुह, भेरी नगरपालिका ५ चौतारी दुध उत्पादन तथा मौरी पालन कृषक समुहले ३५ हजारका दरले पुरस्कार पाएका छन् ।

जिल्लामा कृषि तर्फ काम गर्ने सहकारी संस्थाहरुलाई पुरस्कृत गरीएको थियो । भेरी नगरपालिका ४ को स्तुरी बहुउद्धेश्ययी सहकारी संस्था लिमिटेड, नलगाड नगरपालिका ४ को नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडलाई ५० हजारका दरले पुरस्कार वितरण गरिएको हो ।

मुख्यमन्त्री उत्कृष्ट पुरस्कार पाउने भेरी नगरपालिका ११ का कृष्णकला रोकाया, कुशे ५का शक्ति बहादुर वलीले २५ हजारका दरले नगद पुरस्कार पाउनु भएको छ ।

कृषि पेशाबाट वंन्चित भएका किसानहरुलाई कृषि पेशा प्रति आकर्षित गर्न खाद्यलाई सुरक्षित राख्न,किसानले गरेको कामलाई हौसला दिन उनीहरुलाई पेशा प्रति प्रेरित गर्न प्रोत्साहन स्वरुप रकम वितरण गरेको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्र वहादुर रोकायले वताउनु भयो ।

नेपालमा जग्गा वाँझो रोजगारीका लागी विदेश पलाएन हुने युवाहरुलाई स्वादेशमै कृषि पेशामा आकर्षित गर्नका लागी सहुलियतमा कर्जा दिने सरकारी अनुदान व्यवस्था गर्नु पर्ने प्रविधि सम्वन्धिको सिप विकास तालिम दिने व्यवस्था गरी कृषि पेशालाई आधुनिक तरिकाबाट संचालन गरे खाद्य सुरक्षित जिल्ला वनाउन सक्ने प्रमुख रोकायले वताउनु भयो ।

आयातित खाद्ययको भर गर्दै आएको जाजरकोट जिल्लालाई खाद्य सुरक्षित जिल्ला वनाउनका लागी कृषि पेशा निरन्तरता दिएका कृषकहरुलाई पेशा प्रति उत्साहित गर्नको लागी जिल्लाका उत्कृष्ट कृषक, कृषि समुह, कृषि फर्म, सहकारी सस्थालाई कृषि प्रोत्साहन रकम र मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको कृषि ज्ञान केन्द्रका प्रमुख चित्र वहादुर रोकायले वताउनु भयो ।

जाजरकोटका सातवटै गाउँपालिका नगरपालिकाका कृषक, कृषि समुह, कृषि फर्म लगाएत सहकारी संस्थालाई छनौट गरी २३ लाख ३० हजार नगद वितरण गरेको कृषि ज्ञान केन्द्र जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्