स्थानिय चुनाव सम्पनन



प्योङयाङ (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार सम्पन्न राष्ट्रब्यापी स्थानिय चुनावमा मतदान गरे । आणविक शक्ति सम्पन्न राज्यमा सम्पन्न उत्त चुनावमा करिब सत प्रतिशत मतदान भएको बताइएको छ ।

प्रतिस्पधी नहुने उत्तर कोरियाको चुनाव एक प्रकारको राजनितिक कर्मकान्ड मात्र हो । चुनाव किम शासन प्रति बफादार पदाधिकारीहरुको लोकप्रियता जाँज्नका लागि मात्र हुने गरिन्छ । यो बर्ष ९९ दशमलव ९८ प्रतिशत मतदान भएको छ । यो सन् २०१५ को तुलनामा केही सुधार भएको हो । विदेशमा रहेकाहरुले मतदान गर्न नपाउने केसीएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्