सिकेर सकिदैन



कमल ढकाल ।

 

प्यारो डयाडी,
धन्यवाद तपाई जहिल्यै गाह्रो समयमा म संगै भएकोमा । तपाई संसारकै सबैभन्दा प्यारो डयाडी हुनुहुन्छ जो संसारका छोरीले चाहन्छन । हो , हामीले तपाईसंग यथेस्ट समय विताउन पाएनौ होला ! त्यसले कहिल्यै मेरो माया र सम्मानमा कमि गरेन डयाडी ।

बाबा , यो धेरै महत्वपुर्ण शब्द हो मेरो लागि । यो शब्दको संकेत हो उर्जा ,शक्ति , माया प्रेम आकर्षण अनि धेरै धेरै खयाल राख्ने कुरा । बाबा त्यसकारण म तपाईलाई माया गर्छु । हेप्पी फादर डे ।
छोरी स्मृती

धन्यवाद प्यारो स्मृती तिमीले मलाई मेरो स्वर्गबासि बुबालाई सम्झाईदेउ र मेरो कर्तब्यलाई पनि । हेप्पी फादर डे टु यु छोरी ।
बुबा खुवाउने औशीको दिन एक ब्यस्त बाबुले आफ्नी छोरीले रंग बिरंगी पारेर बाबुको माया दर्शाउदै लेखेको कार्ड र फोटो संगै राखेर ट्वीट गरेको टीवटमा लेखिएको शब्द थिए यी ।

ती ब्यस्त बाबु हुन् देशका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाल । केपी शर्मा ओली दुईपल्ट प्रधानमन्त्री हुदा दुई पल्ट प्रधानमन्त्रीको प्रमुख राजनैतिक सल्लाहकार भएका बिष्णु रिमालको राजनैतिक पारो चुलिएको छ अहिले । प्रेम माया र भातृत्व यस्तो चिज हो निम्ताए वा ननिम्ताएपनि जहि तहि जान्छ तर बस्न त्यहिसंग मात्र बस्छ जहाँ आदर सत्कार र माया हुन्छ । प्रधानमन्त्री र उनको सम्बन्ध त्यस्तै गरि बसेको छ ।

त्यसैले त दुई पल्ट संगै छन् । ५६ बर्षको उमेरमा उनी बिहान ५ बजे देखि बेलुकी १२ बजेसम्म खट्छन । छोरा छोरी र श्रीमतीलाई समय दिन पाउदैनन । बिहान सात बजे भात खाएर शान्तीनगर घरबाट निक्लेपछि उनको बेलुकीको भात ११ बजे पछि मात्र हुन्छ । कहिले त १ नै बज्छ । प्रधानमन्त्री केपी ओलीको सुत्ने समय नै १ बज्छ भने उनको पनि त्यस्तै हुने नै भयो । प्रधानमन्त्री कहिले कहि जोकिग गर्दै आफै भन्नुहुन्छ “साथीहरु मलाई प्रधानमन्त्रीले काम भएन भने दाँत कोट्याएर पनि एक नबजाई छाड्दैन भन्छन ।”

रिमाल जन्मेको ठाउ चारघरे नुवाकोट फेरियो । जसरी नुवाकोटमा चारघर मात्र रहेनन उसैगरि बिष्णुका उमेरका पोयाहरुपनि फेरिए । ओठ निचोर्दा दुध आउने उमेरदेखि राजनीतिमा प्रवेश गरेका उनका कुरा सुन्दा सुख पो कहिले पाए होलान र उनले जस्तो लाग्ने । भुमिगत भएर बास र गाँसको ठेगान नभएको त्यो समयमा बिहे गर्न केटी पो धन्न दिएछन जस्तो लाग्ने । ईन्दु आचार्यसंग बिष्णुले जीवनको सिन्धु भेटेका रहेछन र त जन्मे क्षितिज र स्मृति । सायद बिहेको लागि सिभिल ईन्जिनियरले मज्जैले काम गरेका थियो । स्वर्गीय बाबु शिवप्रसाद र स्वर्गीय आमा नर्मदाको सकरात्मकताले झनै काम गरेको थियो र काम गरेको थियो बिष्णु रिमालको परिवारभक्तिले । नत्र भुमिगत केटोलाई कसरी केटी दिन्थे होला र ।

राजनीति अरुको लागि काम गर्नु हो र त्यो कर्तब्य नभई आनन्द हो । यहि भनाईबाट प्रभावित उनी चालिस बर्षे राजनीतिक जीवनमा सानो तह देखि एक्लै हिडदै लडदै पडदै अहिले नेकपाको पार्टी स्थायी समितिको सदस्य छन । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनैतिक सल्लाहकारका रुपमा उनी एक्कै चोटी आईपुगेका हैनन । प्रम ओलीका पारिवारिक साईनो कहिबाट पर्दैनन । कतै कोही नचिनेका उनले कामले नै आफ्नो थलो निर्माण गरेका हुन ।

गाली गर्न सजिलो हुन्छ कामै गर्न गाह्रै हुन्छ । भन्न सजिलो हुन्छ कामै गर्न गाह्रै हुन्छ । चालिस बर्ष राजनीति गर जेल बस परिवारसंग बिछोडिउ मर्ने बाँच्ने केही ठेगान हुदैन तिमी तैयार हुन्छौ भनेर आजको दिनमा १६ बर्षे उमेरकालाई सोध्यो भने म लाग्छु भनेर भन्ने भेटिदैन । बिष्णु रिमाल अविरल निरन्तर चालिस बर्ष लागिरहे लागिरहे र आज देशको निर्माण गर्ने ठाउमा आईपुगेको छन । जीवन छउन्जेल लागिरहन्छु लागिरहन्छु भन्छन ।

राजनीति गर्ने मान्छेका गैडाका छाला हुन्छन कसैका कुरा सुन्दैनन भनिन्छ तर उनी भन्दै थिए “बादल भन्दा माथि हुनैपर्छ साना बाछिटाले भिजायो भने के राजनीतिमा लाग्नु र । ” हुन पनि बिद्यार्थी राजनीति ,जिल्ला अन्चल हुदै माले एमाले र नेकपा बन्दा सम्म उनलाई धेरै बाछिटाले भिजाउन खोज्यो । उफ्रदै बादल भन्दा माथि नपुगेको भए उनी धेरै झरिहरुले निथ्रुक्कै हुन्थे र बिमारी हुन्थे । २५ बर्ष जिफन्टमा काम गर्दा पनि उनलाई रुझाउन खोजियो । अरु बेला पनि गाग्रिमा पानी बोकेर रुझाउन धेरै बसे । उनी त्यहि रुझाउन खोज्ने पानीलाई बाली नालीमा लगाएर फसल उब्जाउन सफल भए र त आज यहाँ आईपुगे ।

मान्छेले राजनीतिज्ञलाई भिलेनको रुपमा मात्र देख्छन । राजीनिति गर्ने मान्छेको घर तवाह भएको कसैले देख्दैन । यसले कहिले कहि खिस्रिक्क पार्छ उनलाई । त्यो केहि बेर मात्र हुन्छ । आफ्नु प्रेरणा आफै हो मान्छे । जब आफैबाट प्रभावित हुन्छ । उसमा उर्जा प्रसस्त हुन्छ । बिष्णु पनि कठोर जीवन पार गरेर आएको दिन सम्झन्छन र काममा लागिहाल्छन । भन्दैथे “मैले आफ्नै आमाको मर्ने बेलामा मुख समेत देख्न पाईन ।” कठोर भुमिगत कार्यकालमा उनले चाहेर पनि घर आउन पाएनन । पटक पटक उनी समातिए र बन्दी जीवनमा बसे त्यो कसैले नसम्झेपनि उनी आफै सम्झन्छन र त्यो दिन सम्झेर यो दिनमा प्रेरित हुन्छन । आफुले भात छाडेर राजनीति गरेको बताउने उनी भन्थे “मैले कहिल्यै पेटको लागि राजनीति गरिन ।”

जीवन सिकेर कहिल्यै सकिदैन । यो ब्रम्हान्डका कति कुरा मान्छेले सिकिसक्छ र ? सिक्नुपर्ने कुरा धेरै बाकि राखेर नै मान्छे महाप्रस्थान गर्छ । संसार सिकाईको थलो हो । हाम्रा शताव्दी पुरुष सत्य मोहन जोशी वा भर्खरै जन्मेको बालक सबैले सिक्ने कुरा फरक हुन्छन । बिष्णु रिमाल छोरी स्मृतीसंगै आफुले समय बिताउन नपाएपनि भोलीको दिनका राजनीतिज्ञहरुले मज्जाले छोरा छोरी र परिवारसंग समय बिताउन पाउन भनेर देश धनी बनाउने उपाय सिकिरहेका छन । त्यो भनेको मान्छे सफल हुने सुत्र जस्तै हो । त्यो भनेको केही नहुदा कसरी ‘म्यानेज’ गर्ने र सबै चिज हुदा कसरी ‘बिहेभ’ गर्ने भन्ने नै हो ।

६ बर्ष पुल्चोक क्याम्पसमा प्रशिक्षण गरेका उनले दुई बर्ष सिभिल ईन्जिनियरिंगको रुपमा काम पनि गरे । आफैले लेखेको ६ वटा र सम्पादन र सहसम्पादन गरेका २३ वटा पुस्तकहरु छन । अध्ययन अनुसन्धानले नै राष्ट् बिकास हुन्छ भन्छन उनी । अबको केही महिनामा देश बिकासको खाका कोरिने बताउछन । मान्छेहरुले बिरोध गरेको देख्दै भन्छन “पाँच बर्षमा समाज रुपान्तरणको आधार तयार हुनेछ २० बर्षमा मुलुकको कायापलट हुनेछ ।”
चाँडै आशातित हुने र चाँडै निराश हुने नेपाली समाज छ । अहिलेको सरकारले नगरे कहिल्यै नहुने आशा जिवितै रहेकोले त्यहि आशा अनुरुप काम हुने उनी बताउथे । समाज जम्प गर्ने केही आधार बनिसकेको उनको भनाई थियो ।

जीवनको सुत्र जानिसकेका छन उनले । भन्दैथे “हामी गरीब छौ धेरै समस्याबाट ग्रसित छौ समस्या बिना जित्नु विजय हो भने धेरै भन्दा धेरै समस्यासंग लडेर जित्नु ईतिहास हो , हामी धेरै समस्यासंग लडेर जित्ने ईतिहास बनाउदैछौ ।”
भर्खरै आएको सामाजिक सुरक्षा कोष मजदुरको लागि नयाँ युग बनेर आयो । यसमा बिष्णु रिमालले गरेको २५ बर्षको पीडा पेडा बनेर देखिएको छ । आफुले सिकेको कुरा राष्ट्मा लगाउन पाउदा उनी अत्यन्तै खुशी देखिन्थे ।

जीवन सिकेर कहिल्यै सकिदैन । यो ब्रम्हान्डका कति कुरा मान्छेले सिकिसक्छ र ? सिक्नुपर्ने कुरा धेरै बाकि राखेर नै मान्छे महाप्रस्थान गर्छ । संसार सिकाईको थलो हो । हाम्रा शताव्दी पुरुष सत्य मोहन जोशी वा भर्खरै जन्मेको बालक सबैले सिक्ने कुरा फरक हुन्छन । बिष्णु रिमालले छोरी स्मृतीसंगै आफुले समय बिताउन नपाएपनि भोलीको दिनका राजनीतिज्ञहरुले मज्जाले छोरा छोरी र परिवारसंग समय बिताउन पाउन भनेर उनी देश धनी बनाउने उपाय सिकिरहेका छन । त्यो भनेको मान्छे सफल हुने सुत्र जस्तै हो । त्यो भनेको केही नहुदा कसरी ‘म्यानेज’ गर्ने र सबै चिज हुदा कसरी ‘बिहेभ’ गर्ने भन्ने नै हो । दुबै कुरा भएको मान्छे जस्तै हाम्रो देश छ । त्यसैले दुई कुरा सिकेर मान्छे सफल भए जस्तै देश सफल बनाउन उनी सिकिरहेका छन । शुभकामना छ त्यो सिकाईले यस्तो रुप देओस् ।

२०९५ सालको फादर डेमा स्मृतीले लेख्लिन ।
प्यारो डयाडी
यतिबेला म तपाईको नाती र नातीनासंग बसेर तपाईलाई ह्याप्पी फादर डे लेखिरहेको छु । यो बोलेको कुरा टाईप भएर तपाई सामु आईरहेछ । । तपाई अहिले पनि संसारकै सबैभन्दा प्यारो डयाडी हुनुहुन्छ जो संसारका छोरीले चाहन्छन । हो , हामीले तपाईसंग यथेस्ट समय विताउन पाएनौ होला !

तर तपाईकै दुःखका कारण आज मेरा छोरा छोरीले उनका बाबुसंग बसेर फादर डे मनाउछन । बाबा , यो धेरै महत्वपुर्ण शब्द हो मेरो लागि आजपनि । यो शब्दको संकेत हो उर्जा ,शक्ति , माया प्रेम आकर्षण अनि धेरै धेरै खयाल राख्ने कुरा , बाबा म तपाईलाई माया गर्छु । म तपाईले गरेको दुःखको सम्मान गर्छु । तपाईजस्तै बाबाको कारण आज हाम्रो देश गरिब थियो र भन्ने मेरै छोरा छोरी भए । हेप्पी फादर डे बाबा लट अफ लभ्स ।

बिसं २०९५ सालमा छोरीलाई बिष्णु रिमालले यस्तो प्रत्युत्तर लेख्लान
धन्यवाद प्यारो छोरी स्मृती,
तिमीले मलाई मेरो स्वर्गबासि बुबालाई सम्झाईदेउ र मेरो कर्तब्यलाई पनि । मेरै जीवनकालमा हामीले गरेको दुःखले हाम्रो पुस्ताले मस्तले घर बसि बसि पेन्सन खान पाएका छौ ।

आज स्वास्थ , शिक्षा सबै नेपालमा फ्रि छ भन्न पाउँदा म गौरवान्वित छु । भारत र चीनबाट चलेको रेलले नुवाकोटको पानी नयाँ दिल्ली पुरायो । गरे हुने रैछ नी । यो कुरा मेरो स्वर्गबासि बुबाले देख्न पाउनुभएको भए कति खुशी हुनुहुने थियो नि स्मृती ।
हेप्पी फादर डे स्मृती
तिम्रो बाबा
बिष्णु रिमाल

प्रतिक्रिया दिनुहोस्