पत्रिकाको वार्षिकोत्सवमा हाफ म्याराथन



कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जबाट प्रकाशित हुँदै आएको नेपालपोष्टडेलि अनलाईन पत्रिकाले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा हाल्फ म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । प्रेस स्वतन्त्रताका लागि दौड नाराका साथ वीरगञ्जको घण्टाघरबाट सुरु भएको म्याराथन लिंकरोड हुँदै बसपार्क नयाँ बाईपासबाट प्रतिमा चोक, पावर हाउस चोक, मुर्ली हूँदै घण्टाघरमा आएर टुंगिएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ प्रिन्स कुमार मुखिया, अनिल साह, शत्रुघन पटेलले क्रमशः प्रथम, द्धितीय, तृतिय स्थान हासिल गरेका थिए ।

त्यसैगरि महिला तर्फ संगीत यादव प्रथम भएकी थिईन् । विजयी भएकाहरुलाई प्रमुख अतिथी पुर्वमन्त्री अजय चौरसियाले प्रमाण पत्र, मेडल तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो । पुरुषतर्फ प्रथम, द्धितीय र तृतिय भएकाहरुलाई क्रमशः ५ हजार, ३ हजार र १५ सय तथा महिलातर्फ प्रथमलाई २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्