दक्षिण अफ्रिकालाई झट्का



लन्डन (एजेन्सी)

इंग्ल्यान्ड र वेल्समा जारी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई अर्को झट्का लागेको छ।
फास्ट बलर डेल स्टेन चोटका कारण घर फर्केपछि दक्षिण अफ्रिकालाई झट्का लागेको हो। उनी काँधको चोटले गर्दा प्रतियोगितामा खेल्न वञ्चित भएका छन्। उनी बाहिरिएपछि उनको स्थानमा बायाँहाते पेसम्यान बिउरान हेन्ड्रिकलाई टोलीमा राखिएको टोलीले जनाएको छ।

प्रतियोगिताको पहिलो दुई खेलमा स्टेनले खेल्न सकेनन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ वर्षीय स्टेन विकेट लिनेमा दक्षिण अफ्रिकाको पाँचौं उच्चतम बलर हुन्। उनले १ सय २३ खेल खेलेर १ सय ९४ विकेट लिएका छन्।

दक्षिण अफ्रिकाको विश्वकप शुरुआत राम्रो पनि भएको छैन। टोलीले लगातार दुई खेल हारिसकेको छ। पहिलो खेलमा इंग्ल्यान्डसँग १ सय ४ रनले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग स्तब्ध भएकोे थियो।

दक्षिण अफ्रिकाले प्रतियोगितामा तेस्रो खेलमा आज भारतसँग खेल्दै छन्। भारतको यो विश्वकपमा पहिलो खेल हो। यो खेलमा दक्षिण अफ्रिकाले जित्नै पर्ने चर्को दबाब छ। तर, यो खेलमा फास्ट बलर लुंगी एनगिडीले खेल्ने छैनन्। टोलीका अनुसार उनी ≈यामस्ट्रिङको चोटमा रहेका छन्।

आजको खेल: भारत र दक्षिण अफ्रिका हेड टु हेडमा
भारतले दक्षिण अफ्रिकामा भएको खेलेको पछिल्लो वानडे सिरिज ५–१ ले जितेको। पहिलोपटक विराट कोहलीको टोलीले दक्षिण अफ्रिकामा वानडे सिरिज जितेको।
८३ वानडे भीडन्तमा भारतले ३४ खेलमा र दक्षिण अफ्रिकाले ४६ खेलमा जित हात पारेको।
विश्वकपमा ४ खेल खेलेकोमा दक्षिण अफ्रिकाले ३ मा जित र भारतले १ मा जित हासिल गरेको।

प्रतिक्रिया दिनुहोस्