भारतले आफ्नै भुमिमा उपाधि जित्यो



लन्डन, (एजेन्सी)
आईसीसी क्रिकेट विश्वकप २०११ को उपाधि भारतले जितेको थियो । भारतले श्रीलंकालाई मुम्बईस्थित वानखेडे रंगशालामा भएको फाइनल खेलमा ६ विकेटले हराएको थियो ।

योसँगै पहिलो पटक कुनै पनि टोलीले आफ्नै घरेलु मैदानमा उपाधि जितेको कीर्तिमान बन्यो । फलस्वरुप भारतले आफ्नै घरेलु मैदानमा उपाधि जितेको उपलब्धि हासिल गरेको थियो । साथै पहिलो पटक नै एशियन टोली फाइनलमा पुगेको थियो । भारतका युवराज सिंह म्यान अफ द टुर्नामेन्ट घोषित भएका थिए ।

भारतले २८ वर्षपछि विश्वकप उपाधि जितेको थियो । यसका साथै टोलीले दुई पटक विश्वकप जित्ने अवसर पनि प्राप्त गरेको थियो । यो विश्वकप धेरैले हेर्ने कीर्तिमान निर्धारित भएको थियो । विश्वभरि लगभग २ अर्ब २० करोड दर्शकले विश्वकपका खेलहरु हेरेका थिए ।

प्रतियोगिता एशियाका चार क्रिकेट राष्ट्रले आयोजना गर्ने निधो भएको थियो । तर २००९ मा लाहोरमा श्रीलंकाका खेलाडीलाई आक्रमण भएपछि आईसीसीले पाकिस्तानलाई आयोजकको सूचीबाट हटाएको थियो ।

पाकिस्तानमा सेमिफाइनलसहित १४ खेल हुने तय भएको थियो । तर आतंकी आक्रमणले गर्दा पाकिस्तान आयोजक हुनबाट वंचित भयो र भारत, बंगलादेश र श्रीलंकाले सो विश्वकप संयुक्तरुपमा आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्