डार्ट्स प्रतियोगिता सम्पन्न



काठमाडौं, (नेस)
नेपाल डार्ट्स संघको आयोजनामा डार्ट्स प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको सभा हलमा भएको प्रतियोगितामा देशभरिका ३२ खेलाडी छनोट भएर आएका उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । आगामी हरेक ४ महिनामा विभिन्न क्षेत्रका फरक फरक उमेर समूह र सामान्य तरिकाबाट खेल्न सकिने यस खेलको विकास र विस्तार हुँदै जाने संघका महासचिव सुदर्शन जमकटेलले बताए ।

उक्त कार्यक्रम पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उदघाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्