चुनावी माहोल: खराब नतिजाको खबरले कांग्रेस नेतालाई हृदयघात


यतीबेला, भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ ।

मतगणनास्थलमा सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मतगणनाको अपडेटले उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भयो ।

उनलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बच्न सकेन ।

मध्यप्रदेशको सबै २९ सिटका लागि मतगणना जारी छ । सबैभन्दा रोचक भिडन्त भोपाल संसदीय सिटका लागि छ ।

यहाँ भाजपा प्रत्यासी प्रज्ञा ठाकुरको भिडन्त पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रत्यासी दिग्विजय सिंह छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।