गीतकार आनन्द राज खनालको गति संग्रह ‘तिम्रो साथ’ विमोचन

0
Shares

काठमाडौं, नेपाल टेलिभिजनको झंकार लाईभ शो मार्फत गीतकार आनन्द राज खनालको गीतिसंग्रह ‘तिम्रो साथ’ को विमोचन सम्पन्न भएको छ।
नेपाल सरकारका पूर्व सचिव तथा निवार्चन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यता र वरिष्ठ गीतकार प्राध्यापक डा. कृष्णहरि बरालको विषेश आथित्यता साथै वरिष्ठ संगीतकार तथा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष महेश खड्काको उपस्थितिमा सो गीती संग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको हो।

सोही कार्यक्रममा यसै गीति संग्रहमा आफ्नो स्वर र संगीत दिनुभएका श्रष्टाहरू संगीता राना प्रधान, सरिता मिश्र, आशिष अविरल, भरत सिटौला र बानिका प्रधानको उपस्थिति रहेको थियो ।

यस गीति संग्रहम–तिमीलाई मन पराएँ, बोल्न मन लाग्दो रैछ, सम्झनामा नआऊ तिमी (महिला तथा पुरुष आवाजमा),मनै लोभ्याउने गरी ५ वटा गीतहरु समावेश छन् । यस गीति संग्रहको बजार व्यवस्थापन बिन्दवासिनी म्युजिक प्रा.ली.ले गरेको छ ।

Skip This