जिम्न्याष्टिकमा राजुलाई ५ स्वर्ण



आठौंअन्तर्गत राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा एपीएफका राजु राईले ५ स्वर्ण र १ रजत पदक जितेका छन् ।

सातौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण हासिल गरेका राजुले पुरुष फ्लोरमा ७.७५ अंक, प्यारलल् बारमा ७.४ अंक, पोमेल हर्समा ५.९० अंक, अलराउन्डमा २६.९० अंकसहित स्वर्ण जितेका हुन् । यस्तै पाँचौ स्वर्ण टिम इभेन्टमा उनलाई प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्