कृष्णालाई लगातार स्वर्ण



 

बाँके, (नेस)
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुटिङ्ग प्रतियोगितामा नेपालगञ्जका कृष्णा थापा र बदरुद्दिन अन्सारीको समूहले स्वर्ण पदक जितेको छ ।

छैठौ र सातौ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी कृष्णाले आठौंमा पनि बदरुद्दिनसँग मिलेर स्वर्ण जितेकी हुन् । कृष्णाले एयर पेस्तोल महिला व्यक्तितर्फ रजत समेत जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्