एथलेक्टिसमा विभागिय टोलीको वर्चश्व



आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ तीन विभागिय टोलीले वर्चश्व बनाएका छन् ।

आर्मीले सर्वाधिक पदक जित्ने क्रममा २१ स्वर्ण, १२ रजत र ८ कांश्य बटुल्यो । त्यस्तै एपीएफले ८ स्वर्ण, ६ रजत र ९ कांश्य जित्यो भने प्रहरीले ३ स्वर्ण, ५ रजत र ४ कांश्य हासिल गरेको छ । योसँगै यी तीन विभागिय टोलीले जम्मा ३२ स्वर्ण, २३ रजत र २१ कांश्य पदक हात पारेको छ । दाङको तुलसीपुरस्थित बेलझुण्डीमा भएको एथ्लेटिक्समा एक स्वर्ण प्रदेश ५ ले हासिल ग¥यो ।

प्रतियोगितामा ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १ सय ८ पदकको टुङगो लागेको हो ।

म्याराथनतर्फ आर्मीका कृष्ण बस्नेत र प्रहरीकी राजपुरा पछाईले स्वर्ण जितेका छन् । बस्नेतले ४२.१९५ किलोमिटर दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरेका थिए । उनले यसअघिको २ घण्टा २० मिनेटको पुरानो आफ्नै कीर्तिमान पनि तोडे । रजत पदक प्रदेश ६ का दुर्गा बहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सकेन्ड समयसँगै जितेका थिए । यस्तै एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्य पदक हात पारे ।

त्यस्तै महिलातर्फ पछाई २ घण्टा ५९ मिनेट ३८ सेकेण्डको समय लगााइन् । यस्तै ३ घण्टा ५९ सेकेन्डमा दुरि पार गर्दै एपीएफकी पुस्पा भण्डारीले रजत जित्दा सेनाकी सरिता बासिले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा कास्य पदक प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्