सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीको प्रधानमन्त्री ओलीद्धारा विदाइ



नेपाल समाचारपत्र, काठमाडौं ।

सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई सरकारले बुधबार विदाइ गरेको छ । नापी विभागको टोलीलाई बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गनुभएको हो ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न जाने भएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासमा विदाई कार्यक्रममा उनीहरुको विदाई गर्नुभएको हो । उक्त कार्यक्रममा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्