उद्योगपति तथा पूर्वसभासद दिवाकर गोल्छाको निधन



काठमाडौं। उद्योगी दिवाकर गोल्छाको मंगलबार राती चेन्नईमा निधन भएको छ।

किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ।

६७ वर्षका उनका दुई छोरा छन्। उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए।

उनको अग्रसरतामा २४ वटा उदयोग स्थापना भएका थिए।

हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस्