सबिनालाई स्वर्ण



काठमाडौं, (नेस)
मलेसियामा भएको एसिया प्यासिफिक तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सबिना श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

मलेसियाको सेलेङ्गरस्थित मेडिकल साइन्स युनिर्भसिटीको कभर्डहलमा च्याम्पियनसिपअन्तर्गत फाइटतर्पm ५४ केजीमुनि स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अंकबहादुर घर्तिमगरले जानकारी दिए । सबिनाले फाइनल खेलमा मलेसियाका खेलाडी साह आलमलाई हराउँदै ७–० ले स्वर्ण जितेकी थिइन् ।

त्यसअघि सबिनाले आफ्ना ६ प्रतिद्वन्द्वीलाई पन्छयाउँदै स्वर्ण पदकका लागि भिडन्त तय गरेकी थिइन् । प्रतियोगितामा नेपालका ९ जना खेलाडीले फाइट र प्याटर्नमा प्रतिस्पर्धा गरे पनि पदकविहीन रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्