झापाका सबै कार्यक्रम स्थगित: प्रधानमन्त्री सेनाको हेलिकोप्टरमार्फत सिधै बारा पुगे

188
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापाका कार्यक्रम स्थगन गरेर आँधीप्रभावित जिल्ला पुगेका छन्। ओली भद्रपुरबाट सेनाको हेलिकोप्टरमार्फत सिधै बारा लागेकाे प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन।

हावाहुरीले बारा, पर्सालगायतमा ठूलो संख्यामा मानवीय क्षति भएको जानकारी पाएपछि ओली पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी त्यहाँ पुगेका हुन्।  झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली हिंजाे काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए।