बर्दीसहितका दुई भारतीय प्रहरी नेपाल छिरे



दाङ । समन्यव नगरि नेपाल छिरेका दुई भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएका छन् । गएराति एउटा गाडीसहित बर्दी लगाएका दुई भारतीय प्रहरीलाई दाङको न्यू राप्ती ईट्टा उद्योगबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

स्थानीय ईट्टा उद्योगमा छिरेर त्यहाँ रहेका कामदारहरुमाथि दुव्र्यवहार गर्न थालेपछि स्यानीयले प्रहरीलाई खबर गरेका थिए । खबरपछि उद्योगमा पुगेको प्रहरीले दुई भारतीय प्रहरीलाई नियन्त्रणमा लिएका छन् । उनीहरुसँग हतियार भए–नभएको बारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्