घरेलु वम सेनाद्धारा डिस्पोज



बुटवल (नेस)
सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दलाई सफल बनाउन बुटवलको कालिकानगर स्थित सडकको स्पीड ब्रेकरको छेउमा राखिएको वमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

सडकमा राखिएको घरेलु वमले विहिवार विहान भरी बुटवलको जनजिवन प्रभावित रहेको थियो । बन्दले प्रदेश ५ का सबै जिल्लामा प्रभाव परेको छ । विहीबार प्रदेश ५ का १२ वटै जिल्लाका लागि बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट कुनै सवारी साधन चलेका छैनन् ।

विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन् । सार्वजनिक यातायातका साधन नचल्दा प्रदेशभरिको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्