विश्व मिर्गौला दिवस: देशको बिभिन्न ठाउँमा अंग प्रत्यारोपण केन्द्र खोलिने



ljZj lduf}{nf lbj;sf] cj;/df cfh pkk|wfg Pj+ :jf:Yo tyf hg;+Vof dGqL pk]Gb| ofbj zxLb wd{eQm /fli6«o k|Tof/f]k0f s]Gb|, eQmk’/n] cfof]hgf u/]sf] ljZj lduf}{nf lbj;sf] sfo{qmddf af]Nb} . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

पुष्कर बुढाथोकी, भक्तपुर,। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले देशभरका विभिन्न भागमा जनशक्ति र प्रबिधि सहितको मानव अंग प्रत्यारोपण केन्द्रको पहुँच पुर्याउने तयारी गरेको बताउनुभएको छ ।

विश्व मिर्गौला दिवसको अवसरमा “मिर्गौला स्वास्थ्य ः जहाँ सुकै जो सुकैको लागि” भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशौ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगितामा बोल्दै उहाँले मिर्गौला रोगीका लागि डायलोसिस भन्दा प्रत्यारोपण प्रभावकारी हुने बताउनुभयो ।

वर्तमान विश्वमा नसर्ने रोग मृत्यूको मुख्य कारण बन्दै आएको चर्चा गर्दै उहाँले नसर्ने रोग र अंग फेल हुने रोगबाट बच्न बचाउन जनचेतना मूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले मिर्गाैला प्रत्यारोपिहरु अरु स्वस्थ्य व्यक्ति सरह स्वस्थ्य र सक्षम जीवन विताउन सकेको बताउनुभयो ।
उहाँले दुर्घटना लगायत बिभिन्न कारणले मृत्यु हुने विरामीको अंगहरु दान गर्न सके धेरै विरमीले नयाँ जीवन पाउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादब, राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादव र नेपालका लागि कोरियान राजदूत पार्क योङ ले आज मरोणपरान्त अंग दान गर्नुभएको छ ।

मरणोपरान्त काम लाग्ने सबै अंग दान गरेको कार्ड कलाकारद्धय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले मन्त्रीद्धयलाई प्रदान गर्नुभयो । कार्यक्रममा कलाकारद्वय श्रेष्ठ र आचार्य, नेपालका लागि कोरियन राजदूत पार्क योङ, अष्ट्रिेलियन राजदूत पिटर वर्ड, केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, डा.राकेश कुमार वर्मा लगायतले मानव अंग दान गर्नेबारेमा आमनागरिकलाई जानकारी दिनुपर्नेमा जोड दिदै बाचुन्जेल रक्तदान र मरेपछि अंगदान गर्नेबारे जनचेतना फैलाउनु पर्ने बताउनुभयो ।

विश्व मृर्गौला दिवसको अवसरमा साताव्यापी रुपमा आयोजना गरेको ब्याडमिन्टन, दौड, मिगौंला दान गरेका र प्रत्यारोपण गरेको विरामी तथा केन्द्रका डाक्टर मैत्रिपूर्ण फूटवल प्रतियोगिता ,प्रभातफेरी,दौड समेत आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनुका साथै लोकप्रिय गायक दिपक बज्राचार्यले सांगीतिक प्रस्तुत गरेका थिए ।

 

मृगौला परीक्षण शिविर सम्पन्न
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विश्व मिर्गौला दिवस १४ मार्च, २०१९ को अवसरमा काठमाडौं महानगरपालिका–४शंखपार्कमा मृगौला परीक्षण शिविर बिहीबार संचालन गरिएको छ ।

नेपाल प्रहरी अस्पताल र मेट्रो अस्पताल महाराजगंजको संयुक्त आयोजना तथा महानगरीय प्रहरी वृत्त महाराजगंजको सहकार्यमा उक्त शिविर संचालन गरिएको हो ।

शिविरमा उक्त अस्पतालका विषशेज्ञ चिकित्सकद्वारा मृगौला, मधुमेह, रक्तचाप लगायतका रोगको परीक्षण गरी आवश्यक परामर्श समेत प्रदान गरिएको थियो ।

सो शिविरमा २ सय १२ जनाले स्वास्थ्य परीक्षण गरी लाभान्वित भएको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।

नेपाल प्रहरी अस्पताल स्त्री तथा प्रसुति रोग विभाग प्रमुख प्रहरी नायव महानिरीक्षक डा.आशा सिंहले अवलोकन गर्नुभएको शिविरमा स्थानीय तहका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्