अर्थतन्त्र विकासका चुनौति र अवसरबारे बहस हुँदै



काठमाडौं । मुलुकको समष्टिगत अर्थतन्त्र विकासका चुनौति र सुधारका बिषयमा बहस शुरु भएको छ । खस्किँदो अर्थतन्त्रका क्षेत्रहरुलाई पहिचान गरी सुधारको दिशामा उन्मुख गराउन छलफल थालिएको हो ।

संघीय राजधानी काठमाडौंमा हुन लागेको छलफलमा अर्थ क्षेत्रका विज्ञहरुको उपस्थिति रहने छ । छलफल होटेल यल्लोप्यागोडामा शुक्रबार बिहान साढे ८ बजे बोलाइएको छ । मुलुक संघीय संरचनामा स्थापित भइरहेका बेला अर्थविकासमा चुनौति देखिएका छन् । प्रदेश र स्थानीय तहले पूजीगत खर्चलाई व्यवस्थित गर्न सकेका छैनन् ।

आर्थिक विकासमा सम्भावनाको खोजी गर्ने र समृद्ध मुलुक निर्माणमा सहयोग गर्ने हेतुले छलफलको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्