टोटनहृयाम ८ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


काठमाडौं ।

इंग्लिस क्लब टोटनहृयाम च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमन्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति जर्मन क्लब डर्टमन्डलाई दोस्रो लेगमा १(० गोलले पराजित गरेसँगै टोटनहृयामले समग्रमा ४-० गोलको जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा ३-० गोलको अग्रता बनाएको थियो ।

यो जितसँगै टोटनहृयाम आठ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि सन् २०११ मा होटनहृयामले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

दोस्रो लेगको खेलमा टोटनहृयामलाई जित दिलाउन हृयारी केनले निर्णायक गोल गरे । उनकै गोलमा टोटनहृयामले डर्टमन्डमाथि १-० गोलको जित दर्ता गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनहृयामले दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ४८ औं मिनेटमा केनले गोल गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।