आरसीटी बी डिभिजन च्याम्पियन



काठमाडौं, (नेस)
रानीपोखरी कर्नर टीम (आरसीटी) ले शहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार भएको अन्तिम चरणको अन्तिम खेलमा आरसीटीले श्री भगवती क्लबलाई १–० गोलअन्तरले हराएर बी डिभिजन च्याम्पियन बन्न सफल भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आरसीटीका लागि निर्णायक गोल लोकेन्द्रबहादुर कार्कीले गरेका थिए । उनले २३औं मिनेटमा उनाम बुढाथोकीको कर्नर प्रहारमा गोलको दिशा दिएका थिए ।

पराजित श्री भगवतीले दोस्रो स्थानमै चित्त बुझायो भने टुसाल युवा क्लबले तेस्रो स्थान हात पा¥यो । टुसालले हिजै भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–१ गोलअन्तरले हराएको थियो । नतिजापछि च्याम्पियन आरसीटीले ८ लाख नगद पुरस्कार हासिल गर्दा श्री भगवतीले ५ लाख रुपियाँ प्राप्त ग¥यो । त्यस्तै टुसाल र सातदोबाटोले क्रमशः ३ लाख र २ लाख नगद पुरस्कार प्राप्त गरेका थिए ।

यसैगरी विभिन्न विधामा उत्कृष्ट हुनेले समान २५ हजार नगद पुरस्कार प्राप्त गरे । जसमा सातदोबाटोका फरवार्ड बीरेन्द्र लिम्बु, श्री भगवतीका मिडफिल्डर दर्शन गुरुङ, आरसीटीका डिफेन्डर लोकेन्द्र कार्की, टुसालका गोलकिपर बिनोद सोडारी, आरसीटीका प्रशिक्षक बैजु कपाली रहेका छन् । रेलिगेसन विनाको बी डिभिजन लिगमा श्रीकुमारी क्लबले फेयर प्ले ट्रफी प्राप्त ग¥यो ।

प्रतिक्रिया दिनुहोस्