भ्याली पब्लिक क्वाटरफाइनलमा



काठमाडौं, (नेस)
आयोजक भ्याली पब्लिक ‘बी’ दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भंगालस्थित घरेलु मैदानमा भ्याली पब्लिक ‘बी’ ले भद्रकाली ‘ए’ लाई १–० गोलले पराजित ग¥यो । भ्यालीका उद्धव शर्माले निर्णायक गोल गरे ।

अन्य लिग खेलमा बाल विकास ‘ए’, लक्ष्मीपुर र कन्स्टिलेसन विजयी भए । बाल विकासले भद्रकाली ‘बी’ लाई ३–० गोलले हरायो । बाल विकासका सुदीप तामाङले २ तथा विशाल लामाले १ गोल गरे । लक्ष्मीपुरले भद्रकाली ‘बी’ माथि ४–१ को जित दर्ता ग¥यो । लक्ष्मीपुरका विनय श्रेष्ठले २ तथा सरित श्रेष्ठ र प्रशान्त श्रेष्ठले १–१ गोल गरे ।

भद्रकालीका स्वस्तिक आचार्यले १ गोल फर्काए । नव जीवन विरुद्धको खेलमा कन्स्टिलेसन ४–१ गोलले विजयी भयो । कन्स्टिलेसनका प्रदीप चौलागाईंले ह्याट्रिक गरे भने सुदीप बर्माले १ गोल थपे । नव जीवनका अस्मित लामिछानेले सान्त्वना गोल गरे ।

प्रतिक्रिया दिनुहोस्