नयाँ लोगो र जर्सी सार्वजनिक



काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ लोगो सोमबार सार्वजनिक गरिएको छ । गत साउनमा एन्फाले नयाँ लागोको लागि खुला प्रतिस्पर्धाको आह्वान गरेकोमा पोखराका सन्दीप तिवारीले बनाएको लोगो छनोट भएको हो । सो प्रतिस्पर्धामा करिब ५ सय ७० जनाको आवेदन भएको थियो । एन्फाले जनाएअनुसार सन्दीपले ५० हजार नगद पनि प्राप्त गरेका छन् ।

दुई वटा लोगो सार्वजनिक भएका हुन् । जसमा देशको नाम नेपाल अंग्रेजी अक्षरमा माथिल्लो भागमा अंकित गरिएको छ । त्यसकोे मुनि सगरमाथा र त्यसको मुनि चन्द्र र सुर्य अंकित नेपालको झण्डा रहेको छ । झण्डासँगै फुटबल पनि राखिएको छ ।

यस्तै एन्फाको लोगो पनि सार्वजनिक भएको छ । जसमा नेपालको स्थानमा एन्फा शब्द गाभिएको छ । अरु सबै समान अंकित रहेको छ । यसैगरी हिजै नेपाली राष्ट्रिय फुटबल टोली पुरुष र महिला खेलाडीले लगाउने जर्सी पनि सार्वजनिक गरियो ।

 

प्रतिक्रिया दिनुहोस्