एभर्टनसँग रोकियो लिभरपुल



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ ।
आइतबार राति एर्भटनको घरेलु मैदानमा भएको खेलमा लिभरपुल गोलरहित बराबरीमा रोकिएको हो । खेल अवधिभर एभर्टनको गोलपोस्टमा एक दर्जन पटक प्रहार गरे पनि लिभरपुलले गोल गर्न सकेन ।

बराबरीसँगै लिभरपुलले शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । २९ खेलबाट लिभरपुलले ७० अंक जोडेको छ । जुन शिर्ष स्थानको म्यानचेस्टर सिटीको भन्दा १ अंकले कम हो । समान खेलबाट ३७ अंक जोडेको एभर्टनले ३७ अंक जोडेको छ ।

चेल्सीसँग फुलह्याम पराजित
आइतबार राति नै भएको इंग्लिस प्रिमियर लिगको अर्को खेलमा चेल्सीसँग फुलह्याम पराजित भएको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले फुलह्यामलाई २–१ गोलअन्तरले हराएको हो । चेल्सीको जितमा गोन्जालो हिगुईन र जोर्गीन्होले एक–एक गोल गरेका थिए । फुलह्यामका लागि च्याम्बर्सले एक गोल फर्काएका थिए ।

खेलमा भएको सबै गोल पहिलो हाफ नै सम्भव भएको थियो । खेलको २० औं मिनेटमा हिगुईनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा फुलह्यामका च्याम्बर्सले बराबरी गोल फर्काए । खेलको ३१ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सीले २८ खेलबाट ५६ अंक जोडेको छ । हारपछि १७ अंक जोडेको फुलह्याम पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्