लालीगुराँस कप फुटबल मंगलवारदेखि



काठमाडौं, (नेस)

लालीगुराँस कप दोस्रो अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिता मंगलवारदेखि हुने भएको छ ।

ढकालटारस्थित आयोजक लालीगुराँस बिद्यासदनको खेल मैदानमा हुने छात्र नाईन ए साईड फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक स्कुलका ह उमेश बादे श्रेष्ठले आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

शिक्षा र खेलकुद सगै भन्ने उद्देश्यका साथ सञ्चालन हुन प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा बिभाजन गरी लिग कम नकआउटका आधारमा सञ्चालन गरिने स्कुलका निर्देशक हरि रेग्मीले बताए ।

फागुन २५ गते सम्म सञ्चालन हुने ५ दिने प्रतियोगिताको बिजेता र अनुशासित टिमले शिल्ड, मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्स, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगदसहित पुरस्कृत गरिने सहायक प्रिन्सिपल सुजिना श्रेष्ठले जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहोस्