आर्मीको सपनामा थ्रीस्टार बाधक



विजय नेपाली, पोखरा ।
पोखरामा शनिबार सम्पन्न १७ औ संस्करणको आहा रारा गोल्डकपको उपाधी रुस्लान थ्रीस्टार क्लबले चुमेको छ ।

विजेता बनेर थ्रीस्टारले विभागीय टोली त्रिभुवन आर्मी क्लबको ईतिहास रच्ने सपनामा बाधा तुल्यायो । थ्रीस्टारले आर्मीलाइ सडन डेथमा हराउदै उपाधी आफ्नो पोल्टामा पारेको हो । निर्धा्रित समयको खेल १–१ गोलको बराबरिमा सकिए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको समयमा २–२ गोलको बराबरीमा सकिएपछी खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा ४–४ गोल भए पछि सडन डेथमा आर्मीका विकास खवासले प्रहार गरेको बललाइ थ्रीस्टारका गोलरक्षकले बचाएका थिए । जित सङ्गै थ्रीस्टारले ले ८ लाख एक हजार रुपैयाँ हात पारेको छ भने उपविजेतामा सिमित हुँदै आर्मीले ४ लाख एक हजारमा चित्त बुझायो ।

यो सिजन सङै १२ पटक सहभागिता जनाएको थ्रीस्टार छैठौं पटक फाइनल प्रवेश गर्दा पाचौ पटक उपाधी उचालेको छ भने दुई पटक उपविजेता बनेको छ । आर्मी भने १३ पटक सम्म सहभागिता जनाउदा चार पटक फाइनल प्रवेश गरि उपविजेता मै सिमित रह्यो । चौथो पटक फाइनल प्रवेश गरेको आर्मीको लागि नतिजा भने उस्तै रह्यो । खेलको पाँचौ मिनेटमै आर्मीले अग्रता लिए पनि उक्त अग्रता जोगाउन नसक्दा उपाधि हात पार्न सकेन ।


खेलको ९७ औ मिनेटमा थ्रीस्टारका सुनिल बलले आर्मीका विकास खवासलाइ लातिले हाने पछि रातो कार्ड खादै बाहिरिएका थिए । अनप्ले लिस्टमा रहेको खेलाडिलाइ खेलाएको आर्मीका आशिष् शाक्य समेत बाहिरिए । यसअघि खेलको पाँचौं मिनेटमा आर्मीका दिपक गुरुङ्गले दिएको लामो पासमा टेकबहादुर बुढाथोकीले उत्कृष्ट हेड गोल गर्दै आर्मीलाइ अग्रता दिलाएका थिए । पहिलो हाफमा थप गरिएको ३ मिनेटमा थ्रीस्टारले पेनाल्टीको अवसर पाउदै बराबरी गर्ने मौका पायो । थ्रीस्टारका अनन्त तामाङले गरेको लामो प्रहारलाइ आर्मीका दिपक गुरुङले क्लियर गर्न खोज्दा ह्यान्ड हुन पुगेको थियो । पाएको पेनाल्टीलाइ थ्रीस्टारका रन्जित धिमालले गोल गरे ।

खेलको अतिरिक्त समयमा आर्मीले फ्रीकिकमा गोल गर्दै २–१ को अग्रता बनायो । तर टोलीले सो अग्रता टिकाउन सकेन । दिपक गुरुङले गरेको फ्रीकिकमा विमल पाण्डेले गोलको दिशा दिएका थिए । त्यस्तै अन्तिम समयमा थ्रीस्टारले पाएको फ्रीकिकमा पिटर सेगुनले गोल गर्दै बराबरी बनाए । म्यान अफ दि म्याच र सर्वोत्कृष्ट खोलडी घोषित हुँदै थ्रीस्टारका गोलरक्षक एलोन न्यौपानेले १० हजार र स्कुटर हात पारे ।

विधागत तर्फ भने आर्मीको वर्चस्व रह्यो । डिफेन्डर विमल पाण्डे, मिडफिल्डर सन्तोष तमाङ, स्ट्राइकर नवयुग श्रेष्ठ उत्कृष्ट घोषित भए । उत्कृष्ट प्रशिक्षकमा थ्रीस्टारका प्रशिक्षक मेघराज केसी घोषित भएका थिए । सबैले समान १५(१५ हजार रुपैयाँको साथै ट्रफी हात पारे । प्रतियोगिताको सर्वा्धिक गोलकर्ता थ्रीस्टारका अनिल गुरुङ घोषित हुँदै नगद २५ हजार रुपैयाका साथै ट्रफी हात पारे । उनले खेल अवधीभर तीन गोल गर्दै उक्त पुरस्कार हात पारे ।

प्रतिक्रिया दिनुहोस्