सिद्धार्थ बनस्थलीको जित



काठमाडौं, (नेस)
सिद्धार्थ बनस्थलीले नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।
मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा सिद्धार्थ बनस्थलीले काष्ठमण्डपलाई ३–० गोलले पराजित ग¥यो । सिद्धार्थ बनस्थलीका कृष थापा मगरले २ तथा जेनिश रेग्मीले १ गोल गरे । काष्ठमण्डपका प्रशान्त लिम्बू ‘म्यान अफ द म्याच’ घोषित भए । अर्को खेलमा विद्या संस्कारले काठमाडौं भ्यालीलाई १–० गोलले हरायो । विद्या संस्कारका सुलभ कार्कीले निर्णायक गोल गरे । काठमाडौं भ्यालीका सोनाम नुर्बु तामाङ ‘म्यान अफ द म्याच’ चुनिए ।

प्रतिक्रिया दिनुहोस्