४६ छक्का प्रहार भएको खेल



लन्डन, (एजेन्सी)
जोस बटलर र क्रिस गेलले सानदार शतक बनाउँदा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (वानडे) मा सर्वाधिक छक्काको कीर्तिमान बनेको छ । ग्रेनाडामा भएको ठूलो स्कोरको खेलमा इंग्ल्यान्डले घरेलु टोली वेस्ट इन्डिजलाई हरायो ।

सो खेलमा कीर्तिमानी ४६ छक्का प्रहार भएका थिए । जसमा इंग्ल्यान्डका बटलरले ७७ बलमा १२ छक्कासहित १ सय ५० रन जोडे भने वेस्ट इन्डिजका गेलले १४ छक्कासहित १ सय ६२ रन बनाएका थिए । गेल यसै खेलमार्फत् १० हजार रन पुरा गर्ने वेस्ट इन्डिजका दोस्रो क्रिकेटर बने । यसअघि ब्रायन लाराले मात्रै वानडेमा १० हजार रन पुरा गरेका थिए ।

इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षेतिमा ४ सय १८ रन जोडेको थियो । वेस्ट इन्डिजले सो विशाल लक्ष्य भेटाउन नजिक पनि पुगेको थियो । तर ४८औं ओभरमा अडिल रशीदले ४ विकेट लिएपछि वेस्ट इन्डिज ३ सय ८९ रनमै समेटियो र इंग्ल्यान्ड २९ रनले विजयी भयो । अन्तिम ३ ओभरमा ३२ रन बनाउनु थियो । रशिदले कार्लोस ब्राथवेट (५० रन) र एश्ली नर्स (४३ रन) लाई आउट गरेर वेस्ट इन्डिजलाई पछाडि धकेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्