आर्मी आहा राराको फाइनलमा



विजय नेपाली, पोखरा
क्यामरुनको डाफिन्स फुटबल क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी १७औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

डाफिन्सलाइ १–० गोलले हराउदै आर्मी फाइनलमा प्रवेश गरेको हो । यो सङ्गै विभागिय टोली आहा रारा कपमा चौथौ पटक फाइनल प्रवेश ग¥यो । तर आर्मी तीन पटक सम्म उपविजेतामै सिमित भएको थियो । खेलको म्यान अफ दि म्याच आर्मीका दिपक गुरुङ्ग घोषित भए उनले नगद रु पाँच हजार रुपैयाको साथमा ट्रफी हात पारे ।

आर्मी फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टारविरुद्ध खेल्दै छ । यस अघि थ्रीस्टार पाँच पटक फाइनल पुगेको थियो । तीन पटक उपाधी आफ्नो पक्षमा पारेको थ्रीस्टार दुई पटकको उपविजेता हो । यो सिजनको मोफसलमा आर्मी र थ्रीस्टार तेस्रो पटक आम्ने साम्ने हुँदै छन । सिमरा गोल्डकपको फाइनलमा आर्मी सडन डेथमा पराजित भएको थियो भने इटहरिमा क्वाटरफाइनलमा सडन डेथमा नै थ्रीस्टारलाइ हराएको थियो ।

खेलको १३ औ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गर्दै जित दिलाएका हुन । उनले उत्कृष्ट हेड गोल गर्दै पहिलो हाफमा १–० गोलको अग्रतामा राखेका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको २६ औ मिनेटमा डाफिन्सका निआ अन्द्रेसले गरेको प्रहार सेकेन्डवार नजिकै बाट बाहिरीन पुग्यो । खेलको ३५ औ मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहारलाइ डाफिन्सका गोलरक्षक प्रीसोले बचाउ गरे ।


त्यस्तै खेलको ७१ औ मिनेटमा डफिन्सका अहन्दा एस्साह अलोय्सले गरेको कडा प्रहारलाइ आर्मीका गोलरक्षक विकेश कुथुले डाइभ गरेर उत्कृष्ट बचाउ गरे । खेलको ७३ औ मिनेटमा भरतले तीन जना डिफेन्सलाइ विट गर्दै गरेको प्रहार गोलरक्षकलाई छुदै फस्टबार नजिकै बाट बाहिरीन पुग्यो । खेलको ८० औ मिनेटमा निया अन्द्रेसको क्रसपासमा नदेम्बा ओवानाले गरेको हेड प्रहारलाइ आर्मीका गोलरक्षक विकेशले उत्कृष्ट क्याच गरे ।

खेलको ८५ औ मिनेटमा रातो कार्ड पाउदै डाफिन्सका मुख्य खेलाडी नदेम्बा ओवाना बाहिरीए । उनले दोहोरो पहेँलो कार्ड पाउदै बहिरीएका हुन । जित सङ्गै प्रशिक्षक नविन न्यौपानेले बताए “ हामि इतिहास रचने दाउमा छौ, यस पटक उपाधी लिएर नै जाने छौ“

आर्मीका प्रशिक्षकले मैदानको समस्याको कारण स्कोर निकाल्न नसकेको प्रतिक्रिया दिए । मैदान भने जस्तो भएन, खेलाडीले आफ्नो खेल देखाउन पाएनन् , खेलाडिले रणनीति अनुसारनै खेले “ उनले भने । खेलाडिको मिहेनतले नै जित हात पारेको बताउदै जितको मुख्य कारण प्लेसिङ खेल खेल्नु रहेको धारणा दिए ।

स्व. मन्त्री अधिकारीको समवेदनामा कालो पट्टि
आहा रारा कपको इतिहासमा नै पहिलो पटक खेलाडिले कालो पट्टी बाधी खेलेका छन । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन मन्त्री स्व. अधिकारी को समवेदनामा पोखरामा जारी प्रतियोगिताअन्तर्गत अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र क्यामरुनी टिम डाफिन्स बिचको खेलमा खेलाडि, रेफ्री लगायतले कालो पट्टी लगाइ खेलेका हुन ।

ताप्लेजुङमा मन्त्री अधिकारी सहित सात जनाको मृत्यु भएको थियो । मृत्यु भएकाहरुको आत्मशान्तिको लागि एक मिनेट मौनधारण समेत गरिएको छ । कास्कीका धरोहरको रुपमा रहेका स्व. अधिकारी निकै मिलनसार र दुरदर्शी नेता हुन । मन्त्री अधिकारीको निधनले पूरा पोखरा नै शोकमा डुबेको छ । स्व मन्त्री सहारा क्लब पोखराका आजिवन मानार्थ सदस्य समेत हुन ।

प्रतिक्रिया दिनुहोस्