थ्रीस्टार फाइनलमा



पोखरा, (नेस)
थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनल खेलमा थ्रीस्टारले नेपाल एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो ।

निर्धारित समयमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । मौसम अनुकुल भएकोले अतिरिक्त समयमा पहिले नै नखेल्ने सहमतिका आधारमा सीधै टाइब्रेकरमा नतिजा निकालिएको थियो ।

टाइब्रेकरमा थ्रीस्टारका रन्जित धिमाल, सुनील बल, रुपेश केसी र अनन्त तामाङले गोल गरे । टोलीका बुद्ध चेम्जोङको प्रहार भने गोलकिपर रोमन रसाईलीले रोकेका थिए । एपीएफका लागि भने आशिष लामा र सन्तोष कटुवालले मात्रै गोल गर्न सके । सुदीप सिख्राकारको प्रहार क्रसबारमा लागेको थियो । विकी लामाले पनि गोल गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्