पीएसएलको डेब्यु खेलमा सन्दिपको ४ ओभरमा १० रन खर्चिएर ४ विकेट



काठमाडौँ ।
नेपाली युवा बलर सन्दिप लामिछानेले पाकिस्तान सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएका छन । क्वेटा ग्लाडियटर्स विरुद्धको खेलमा सन्दिपले चार ओभरमा १० रन खर्चिएर चार विकेट हात पारे । जारी प्रतियोगितामा सन्दिपले कुल ७ विकेट पुर्याएका छन ।

सन्दिपले आफ्नो स्पेलमा सेन वाट्सनलाई सात रनमा आउट गरे भने रोस्सोलाई आठ रनमा पेभेलियन फर्किए । त्यसपछि उमर अक्मललाई मात्र एक रनमा आउट गरेका सन्दिपले दानीस इजाजलाई पनि एक रनमा पेभेलियनको बाटो देखाए । उनले पीएसएलको पहिलो खेलमा दुई तथा दोस्रो खेलमा एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्