मेसीको ५०औं ह्याट्रिकमा बार्सिलोना विजयी



Soccer Football – La Liga Santander – Sevilla v FC Barcelona – Ramon Sanchez Pizjuan, Seville, Spain – February 23, 2019 Barcelona’s Lionel Messi celebrates scoring their second goal REUTERS/Marcelo del Pozo

लन्डन, (एजेन्सी)
कप्तान लियोनल मेसीले क्लबका लागि ५० औं ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले जितको नतिजा आत्मसात गरेको छ ।

ला लिगा अन्तर्गत शनिवार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–२ गोलअन्तरले हराउंदा मेसीले आफ्नो ५०औं ह्याट्रिक पूरा गरेका थिए । सेभियाविरुद्ध बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेसीले ह्याट्रिक गर्दा लुइस स्वारेजले थप एक गोल गरेका थिए । सेभियाका लागि जेसुस नाभास र गाब्रियल मेरकाडोले एक–एक गोल गरेका थिए । खेलमा घरेलु टोली सेभियाले २२ औं मिनेटमा अग्रता लिएको थियो । नाभासले काउन्टर अट्याकमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर गोल ब्यहोरेको ६ मिनेटपछि नै मेसीले इभान राकिटिकको क्रसमा उत्कृष्ट भली प्रहारमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ४२ औं मिनेटमा मेरकाडोले गोल गरेपछि पहिलो हाफसम्म बार्सिलोना २–१ ले पछि रह्यो । तर दोस्रो हाफमा भने थप ३ गोल गर्दै बार्सिलोनाले खेल आफ्नो पक्षमा पा¥यो । खेलको ६७ औं मिनेटमा डेम्बेलेको पासमा मेसीले बराबरी गोल गरेका थिए । ८५ औं मिनेटमा मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले ३–२ को अग्रता बनायो ।

थप गरिएको ४ मिनेटको इन्जुरी टाइममा स्वारेजले गोल गरेपछि बार्सिलोना ४–२ ले विजयी भयो । जितसँगै बार्सिलोनाले २५ खेलबाट ५७ अंक जोडेको छ र शिर्ष स्थानमा रहेको छ । पराजित सेभियाको भने समान खेलबाट ३७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्