एपिएफ मनाङलाई सेमिफाइनलमा



विजय नेपाली, पोखरा
पोखरा रंगशालामा जारी १७ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबलाई हराउदै नेपाल एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ७० औ मिनेटमा प्रदिप लामाले उत्कृष्ट हेड गोल गर्दै एपीएफलाई अन्तिम चारमा पुग्न मद्दत गरेका थिए । सन्तोष श्रेष्ठले प्रहार गरेको कर्नरमा लामाले हेड गर्दा मनाङका डिफेन्स हेमन गुरुङ्गले बचाउ गर्ने प्रयास गरे पनी असफल भए ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा निकै दबाबमा देखिएको एपिएफले दोस्रो हाफमा सुधार गर्दै पाएको अवसरको सदुपयोग गर्दा लिग विजेता मनाङ्लाइ हराउन सफल भएको हो । “ हामिले पाएको अवसरको सदुपयोग गर्न सकेनौ,जस्ले गर्दा हार व्यहोर्न बाध्य भयौ“ मनाङ मर्स्याङ्दीका प्रशिक्षक टोपे फुजाले बताए । खेलाडिको खेल प्रती सन्तुष्टि रहेको प्रतिक्रिया उनले दिए ।


पहिलो हाफमा निकैनै उत्कृष्ट खेल खेलेको मनाङले खेलका चौथो मिनेटमा ओलावालेले एपिएफका दुई डिफेन्सलाइ विट गर्दै गरेको प्रहारलाइ एपिएफका गोलरक्षक अमृत चौधरीले उत्कृष्ट बचाउ गरे । २१ औ मिनेटमा हेमन गुरुङ्गले गरेको प्रहारलाइ चौधरीले पन्च गर्दै बचाउ गरे । खेलको म्यान अफ दि म्याच प्रदिप लामा घोषित भए उनले नगद पाँच हजार रुपैयाका साथमा ट्रफी हात पारे ।

जित सङ्गै एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेलाडीले रणनीति अनुसार खेल खेल्दा जित हात पारेको बताए । “ पहिलो हाफमा हामी केही कमजोर देखियौ, दोस्रो हाफमा केही सुधार गर्दै पाएको अवसरको सदुपयोग र्गयौ“ महर्जनले भने । अनुभवी खेलाडी घाइते भएर खेल्न नसक्दा समेत युवा खेलाडिले मिहेनत गर्दा जित हात पारेको उनले बताए ।
हिमालयन शेर्पा क्लब र विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिच दोस्रो क्वाटरफाइनल खेल हुने आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्