टी बर्गर च्याम्पियन



काठमाडौं, (नेस)
टी बर्गर प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । चावहिलस्थित गणेशथान फुटबल मैदानमा भएको फाइनलमा टी बर्गरले एसएनकेसी लाहुरेलाई १–० गोलले पराजित ग¥यो ।

टी बर्गरका रविन ब्यञ्जनकारले निर्णायक गोल गरे । विजेताका जयराम केसी ‘म्यान अफ द म्याच’ बने । टी बर्गरले १ लाख नगद पुरस्कार पायो भने लाहुरेले ५० हजार नगदमा चित्त बुझायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं क्षेत्र नं. ४ कमिटीद्वारा आयोजित प्रतियोगितामा लाहुरेका रवि राई उत्कृष्ट खेलाडी चुनिए ।

प्रतिक्रिया दिनुहोस्