श्रमशीललाई अर्किड कप



काठमाडौं, (नेस)
श्रमशील विद्यापीठले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको फाइनलमा श्रमशीलले टाइमलाइनलाई ३–० गोलअन्तरले पराजित ग¥यो । श्रमशीलका रोशन लिम्बूले २ तथा सुनील कट्वालले १ गोल गरे । सुरुको संस्करणदेखि सहभागिता जनाउदै आएको श्रमशीलले पहिलो पटक उपाधि जित्दै पहिलो पटक उपाधि जित्यो । दुई संस्करणमा नेक्सस र एक पटक वेस्ट ग्रुप भिजन विजेता भएका थिए ।

उपाधिसंगै श्रमशीलले २० हजार तथा टाइमलाइनले १५ हजार नगद पुरस्कार हात पारे । तेश्रो स्थानका लागि भएको खेलमा विनायकले एकलब्यलाई १–० गोलले पाखा लगायो । विनायकले १० हजार नगद पुरस्कार पायो । एकलब्यलाई ५ हजार नगद पुरस्कार प्रदान गरियो ।

श्रमशीलका रोशन लिम्बू प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । विनायकका युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ५ गोल गरेका श्रमशीलका प्रकाश बस्नेत सर्वाधिक गोलकर्ता बने । ग्लोबल पब्लिकले अनुशासित टिमको उपाधि हात पा¥यो ।

प्रतिक्रिया दिनुहोस्