नवजीवन क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)
नवजीवन दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नवजीवनले टीआईएलाई ३०–१५ ले पराजित ग¥यो। ≈वाइट हेभन पनि नेसनल युनाइटेडलाई १३–९ ले हराउँदै अन्तिम आठमा प्रवेश ग¥यो।

यस्तै अन्य लिग खेलमा आयोजक भद्रकालीले पारामाउन्ट एकेडेमीलाई १५–१० तथा बीएनएले फ्युजन एकेडेमीलाई २५–११ ले पन्छाए। सिनियर गल्र्समा टीआईएविरुद्धको खेलमा भ्याली पब्लिक ‘ए’ २९–१९ ले विजयी भयो।

प्रतिक्रिया दिनुहोस्