भ्याली र ज्ञाननिकेतन सेमिफाइनलमा



काठमाडौं, (नेस)
भ्याली पब्लिक र ज्ञाननिकेतन आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिकले आयोजक इनोभेटिभलाई ४५–३० ले पराजित ग¥यो। टोलीका लागि राहुल विकले १६ अंक जोडे। ज्ञान निकेतनले ग्रिनल्यान्डलाई ४५–४२ ले हराउँदा सम्राट भूमिले ३० अंकको योगदान दिए। त्यस्तै नेरिक एकेडेमीले एचएचसीएलाई ३८–३० तथा विल्सन एकेडेमीले श्रीदिवालाई ४४–२८ ले पाखा लगाउँदै अन्तिम चारमा पुगे। नेरिकका सन्तोष खत्रीले २० तथा विल्सनका सुशान्त लामाले १६ अंक बटुले।

 

प्रतिक्रिया दिनुहोस्