धुर्मुश–सुन्तली फाउन्डेसनलाई सहयोग



काठमाडौ, (नेस)
चितवन जिल्ला क्रिकेट संघले धुर्मुश–सुन्तली फाउन्डेसनलाई भरतपुरमा क्रिकेट मैदान बनाउन आर्थिक सहयोग प्रदान गरेको छ । भरतपुरमा आइतबार रंगशाला बनाउनका लागि डीपीआर घोषणा कार्यक्रममा चितवन जिल्ला क्रिकेट संघका कोषाध्यक्ष भरत कु“वरले संघका तर्फबाट धुर्मुश–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई २ लाख ५५ हजार ५ सय ५५ रुपैंयाको चेक हस्तानतरण गरे ।

धुर्मुश–सुन्तली फाउन्डेसनले झन्डै ३ अर्बको लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने महत्वकांक्षी योजना अगाडि सारेको छ । भरतपुर महानगरपालिकाले क्रिकेट रंगलशाला बनाउन रामपुरस्थित कृषि तथा विज्ञान विश्वविधालयको २० बिघा, ६ कठ्ठा जग्गा धुर्मुश–सुन्तली फाउन्डेसनलाई उपलब्ध गराएको छ । त्यही अन्तर्राष्ट्रिय रंगशाला निर्माणको आइतबार भरतपुरमा डीपीआर घोषणा कार्यक्रम गरिएको थियो ।

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले धुर्मुश–फाउन्डेसनले यत्रो ठुलो योजना चितवनमै ल्याउदा आफुहरुले सानो सहयोग गरेको जनाए । त्यस्तै जिल्ला क्रिकेट संघका सदस्य सुदिप पियाले फाउन्डेसनलाई संघको पूर्ण सहयोग रहने जनाए । चितवन जिल्ला क्रिकेट संघले यसअघि धनगढीमा क्रिकेट रंगशाला बनाउन ‘ड्रिम फाप्ला’ अभियानमा ५० हजार सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्