होप भ्याली र इरिसको जित



काठमाडौं, (नेस)
होप भ्याली र इरिस एकेडेमीले प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सफलता पाएका छन् । होप भ्यालीले नेपाल सेन्ट्रललाई ४१–३८ ले पराजित ग¥यो । टोलीको जितमा संगम श्रेष्ठले १५ अंक योगदान गरे । यस्तै जनप्रेमीले ग्रामरलाई ३९–३५ तथा रेडिअन्टले जेनिअमलाई ४२–२७ ले पन्छाए ।

जनप्रेमीका सुजन गौतमले १४ तथा रेडिअन्टका उपेन्द्र बस्नेतले १९ स्कोर गरे । जुनियर ब्वाइजमा पनि सफलता हात पारेको रेडिअन्टले नेरिक एकेडमेीलाई २५–२० ले निराश पा¥यो । रेडिअन्टका राज रोक्काले १३ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्