ज्ञान निकेतनको दोहोरो जित



काठमाडौं, (नेस)
ज्ञान निकेतनले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । सोमबार भएको खेलमा सिनियर ब्वाइजमा ज्ञान निकेतनले रेडिअन्टलाई ५७–४३ ले पराजित ग¥यो ।

विजेता टोलीका सम्राट भूमिले ३१ अंक जोडे । अन्य खेलमा विल्सन एकेडेमीले स्वप्न वाटिकालाई ४०–३० ले पन्छायो । जुनियर ब्वाइजमा ज्ञान निकेतनले पुष्पसदनलाई २५–१८ ले, राराहिलले स्वप्न वाटिकालाई १२–८, आयोजक इनोभेटिभले ओडिसीलाई १७–१० ले हराए । त्यस्तै सिनियर गल्र्सतर्फ विज किड्स विरुद्ध विल्सन १६–१२ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्