यमलाल भुसाल, बुटवल ।
विसं २०३३ साल देखि शुरु भएको मोफसलकै चिर परिचित तिलोत्तमा गोल्डकप नक आउट फुटवल प्रतियोगिताको २१औं संस्करण आउदो फाल्गुन २ गते देखि बुटवलमा हुने भएको छ ।
बुटवल उपमहानगरपालिका संरक्षक भएको प्रतियोगिता रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा संचालन हुने छ ।
फाल्गुन ११ गते सम्म संचालन हुने प्रतियोगितामा विभागिय टिम सहित रुपन्देही ११, झापा ११ र दुई विदेशी टिम गरि १० टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको वारेमा जानकारी गराउन शनिवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीर्घ बहादुर केसी कुमारले प्रतियोगिता सम्पन्न गर्न १ करोड २ लाख रुपैया लाग्ने बताउनु भयो ।
संरक्षकका रुपमा रहेको बुटवल उपमहानगरपालिकाले १० लाख रुपैया उपलब्ध गराउने गरि वजेट विनियोजन गरेकाले अरु रकम सहयोगदातावाट संकलन गर्नु पर्ने बाध्यता रहेको समेत जानकारी गराउनु भयो ।
गोल्डकप नक आउट फुटवल प्रतियोगितामा विजेताले ८ लाख ८० हजार नगद मेडर कप र उपविजेताले ५ लाख ५० हजार नगद मेडल, तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन ।
त्यसै गरि प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान मोटरसाईकल,र उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स,र उत्कृष्ट कोचलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिने संघका महा सचिव लोक बहादुर पुनले जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले नगरपालिकाले यसवर्ष खेलकुदको लागि पुर्वाधार निर्माणमा साढे दुई करोड विनियोजन गरेको बताउनु भयो । मेयर सुवेदीले यसवर्ष खेलकुदको पुर्वाधारमा बढी लगानी भएको र आउदो वर्षदेखि प्रतियोगिताका लागि वजेट विनियोजित गरिने समेत बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे , खेलकुद पत्रकार मन्चका अध्यक्ष सुमन अधिकारी संघका उपाध्यक्ष भुपेन्द्र क्षेत्री लगायतले नगरपालिकालाई खेलकुदमा वजेट बढाउन माग गर्नु भएको थियो ।











प्रतिक्रिया