इनोभेटिभको दोहोरो जित

0
Shares

काठमाडौं, (नेस)
आयोजक इनोभेटिभले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ। इनोभेटिभले सिनियर ब्वाइजमा एन्जल लर्डलाई १७–१० ले पराजित ग¥यो भने सिनियर गल्र्समा स्वच्छता थापाको १२ अंक सहयोगमा विज किड्सलाई १८–१० ले हरायो।

सिनियर ब्वाइजको अन्य खेलमा ज्ञान निकेतनले स्वप्न वाटिकालाई ४४–३६ ले पाखा लगायो। विजेताका सम्राट भूमिले १८ स्कोर गरे। सिनियर गल्र्समा विल्सन एकेडेमीले स्वप्न वाटिकालाई २१–११ ले पन्छायो।