लन्डन, (एजेन्सी)
रियल मेड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
करिम बेन्जेमाको दुई गोलको सहयोगमा रियल मेड्रिडले जिरोनालाई ३–१ ले पराजित गर्दै कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो। उक्त जितसँगै समग्रमा ७–३ को जित निकाल्दै रियल अन्तिम चारमा पुग्न सफल भएको हो।
रियलले पहिलो लेग ४–२ को जितेको थियो। जिरोनाको मैदानमा बिहीबार राति भएको खेलमा रियलले खेलको २७औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता बनाएको थियो। ४३औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई पहिलो हाफसम्म २–० को अग्रता दिलाए। उनले ब्राजिली युवा खेलाडी भिनिसियस जुनियरको पासलाई गोलमा परिणत गरेका थिए।
७१औं मिनेटमा जिरोनाका युवा खेलाडी पेड्रो पोर्रोले गोल गर्दै खेललाई २–१ मा ल्याए। ७६औं मिनेटमा मार्कोस लोरेन्टेले ड्यानियल सेवालेसको पासलाई सदुपयोग गर्दै रियललाई ३–१ को जित दिलाए। योसँगै कोपा डेल रेको सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ। अब रियलले रियल बेटिससँग खेल्नेछ भने बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ।











प्रतिक्रिया