काठमाडौं, (नेस)
विनायक र डिफेन्डिङ च्याम्पियन माउन्ट ग्लोरी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ‘ए’ साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) को आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा विनायकले हिमरश्मीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो।
निर्धारित ४० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो। विनायकका प्रणय राई ‘म्यान अफ द म्याच’ घोषित भए।











प्रतिक्रिया