टी–२० सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले हरायो


काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले हराएको छ । यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । योसँगै टि–ट्वान्टी सिरिज १–१ को बराबरी भएको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले उत्कृष्ट प्रर्दशन गरे भने दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाए ।

१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग उत्कृष्ट प्रर्दशन गर्दै नेपाललाई बिजेता बनाएका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।