रेडिअन्ट दोहोरो उपाधिनजिक



काठमाडौं, (नेस)
रेडिअन्ट सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर र जुनियर ब्वाइज बास्केटबलतर्फ बिहीबार फाइनलमा प्रवेश गरेको छ।
सिनियर ब्वाइजमा रेडिअन्टले मोक्षदालाई ५७–३७ ले पराजित ग¥यो। टोलीको जितमा उपेन्द्र बस्नेतले २२ अंक योगदान गरे। फाइनलमा रेडिअन्टको भेट एलआरआईसँग हुनेछ। अर्को सेमिफाइनल खेलमा धीरन कठायतको २९ अंक सहयोगमा एलआरआईले संस्कृतिलाई ५०–२७ ले हरायो।

जुनियर ब्वाइजमा रेडिअन्टले बृहस्पतिको चुनौती ३८–२० ले समाप्त पा¥यो। रेडिअन्टका सञ्जीव भण्डारीले १२ अंक जोडे। उपाधिका लागि रेडिअन्टले ग्रिनफिल्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। सिनियर गल्र्समा स्किब्स र स्वर्णिम फाइनलमा पुगे। स्किब्सले द चाँदबाग स्कुलमाथि २३–२२ को रोमाञ्चक जित दर्ता ग¥यो। स्किब्सकी देव्यानी केसीले १२ स्कोर गरिन्। एलआरआईविरुद्धको खेलमा स्वर्णिम २३–१९ ले विजयी भयो। स्वर्णिमकी मोहनी लोप्चनले १२ अंक जोडिन्।

ब्वाइज फुटबलको सिनियरमा आयोजक द एक्सेल्सियर स्कुल र साइन मोडेल तथा जुनियरमा त्रिनेत्र र ओराकलले उपाधि भिडन्त पक्का गरिसकेका छन्। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्