एक्सेल्सियरको दुवै टोली सेमिफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं
आयोजक द एक्सेल्सियर स्कूलको सिनियर र जुनियर ब्वाइजका टोली जारी सातौं एक्सेल्सियर कपअन्तर्गत फुटबलतर्फ सेमिफाइनलमा पुगेका छन्।

मंगलबार सिनियरमा एक्सेल्सियरले एसलाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो। जसमा निमेश गोतामे र धीरज जोशीले ह्याट्रिक गरेका थिए। जुनियरमा एक्सेल्सियर ‘बी’ ले न्यु जेनिथलाई टाइब्रेकरमा ३–२ गोलले हरायो।

त्यस्तै सिनियरमा साइन मोडेल, काव्य र एनएरएचएसएस पनि अन्तिम चारमा पुगे। साइन मोडेलले ग्यालेक्सीलाई २–१ ले, काव्यले लोक आदर्शलाई २–० ले र एनआरएचएसएसले त्रिनेत्रलाई १–० ले हराए। जुनियर ब्वाइजमा ओराकल, किड्स लर्निङ र ग्रिनफिल्डले अन्तिम चारमा स्थान सुरक्षित गरे।
सिनियर गल्र्स बास्केटबलमा एलआरआईले मोक्सदालाई १८–८, द चाँदबाग स्कुलले सिद्धार्थ बनस्थलीलाई २१–१० र स्वर्णिमले टीआईएलाई १९–१५ ले पन्छ्याउँदै अन्तिम चारमा स्थान बनाए। सिनियर ब्वाइज बास्केटबलमा एलआरआईले ग्यालेक्सीलाई ४५–३० ले हराउँदै अन्तिम चारमा यात्रा तय ग¥यो।

प्रतिक्रिया दिनुहोस्