नेपाललाई अर्को ऐतिहासिक उपलब्धि, पारसको सानदार प्रदर्शन



फिरोज राजोपाध्याय, काठमाडौं
नेपालले संयुक्त अरब इमिरेट्स ९यूूूएई० विरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० क्रिकेट शृंखला २–१ ले जितेको छ।
नेपालले तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली यूएईलाई ४ विकेटले हराएर शृंखला जितेको हो। नेपालको क्रिकेटमा यो ऐतिहासिक उपलब्धि बनेको छ। भर्खरै मात्र वानडेको मान्यता प्राप्त गरेको नेपालले दुई शृंखला खेलेको पहिलोपटक शृंखला जितेको छ। नेपाललाई ऐतिहासिक सफलता दिलाउन कप्तान पारस खड्काको भूमिका प्रमुख र≈यो। कप्तान खड्काको अविस्मरणीय ब्याटिङले नेपालले २ सय ५५ रनको लक्ष्य ६ विकेटको क्षतिमा ४४।४ ओभरमै प्राप्त ग¥यो।

म्यान अफ द म्याच खड्काले १ सय ९ बलको सामना गर्दै १ सय १५ रन जोडेका थिए। यसरी वानडेमा शतक प्रहार गर्ने खड्का पहिलो नेपाली क्रिकेटरसमेत बनेका छन्। गत वर्षमा मात्रै नेपालले नेदरल्यान्डस्मा २ खेलको वानडे शृंखला खेलेको थियो। जसमा नेपालले १–१ बराबरी गर्न सफल भएको थियो।

यो शृंखला जितेकोमा नेपाल क्रिकेट संघ ९क्यान० का पू्र्वअध्यक्ष विनयराज पाण्डेले ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रलाई बताउनुभयो– ‘यो ऐतिहासिक उपलब्धि हो नेपाली क्रिकेटका लागि। नेपाली क्रिकेट त्यति खेल्न नपाइरहेको स्थितिमा पनि ५० ओभरको खेलमा यति राम्रो प्रदर्शन गर्नु सामान्य कुरा होइन। आजको खेलमा पारसले आफू पनि राम्रो खेले र नयाँलाई पनि गाइड गरे।’
यो शृंखलाले नेपाली युवा खेलाडीले पनि परिपक्व प्रदर्शन गर्न सक्छन् भनेर प्रमाणित गरेका छन्।’

यूएईमा यो नेपालको दोस्रो वान डे शृंखला हो। जसमा नेपालले पहिलो खेलमा निराशाजनक ब्याटिङले गर्दा ३ विकेटले हार्न पुगेको थियो। तर यसपछि ब्याटिङले लय समात्यो र दोस्रो खेलमा नेपालले २ सय ४२ रन बनायो। जसमा नेपालका बलरले यूएईलाई उसकै भूमिमा ९७ रनमै अलआउट गरे। तर निर्णायक खेलमा भने यूएईका ब्याट्सम्यानले नेपालका बलरलाई चुनौती दिँदै २ सय ५४ रन बनाए।

सो ठूलो लक्ष्यमा पनि नेपालले कुनै दबाब महसुस नगरी जितको झन्डा फर्फरायो। नेपालका लागि कप्तानको ब्याटिङले सबैलाई प्रेरणादायी बन्यो। ओपनर ब्याट्सम्यान विनोद भण्डारी आउट भएपछि खड्का क्रिजमा आएका थिए। विनोद आउट हुँदा नेपाल १९ रनमा थियो। खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग ६२ रनको साझेदारी गरे। मल्ल ३१ रनमा आउट भए र दीपेन्द्रसिंह ऐरीले पनि ९ रन जोडेर आफ्नो खराब लयमा सुधार गर्न सकेनन्। उनको दुबई भ्रमण बिर्सनलायक बन्नेछ यदि टी–२० मा पनि यस्तै लय समातेमा।

यसपछि खड्कालाई वान डेमा नेपालको तर्फबाट डेब्यु गरेका सन्दीप जोराले पनि राम्रो साथ दिन सकेनन्। उनी १९ रन बनाएर आउट हुँदा नेपालले १ सय २९ रनमा ४ विकेट गुमाएको अवस्था थियो। तर दोस्रो वान डेमा अर्धशतक प्रहार गरेका रोहितकुमार पौडेलसँग खड्काले पाँचौं विकेटका लागि ५४ रनको महŒवपूर्ण साझेदारी गरे। पौडेलले १६ रन मात्रै योगदान दिएका थिए।

खड्का र आरिफ शेखबीच छैटौं विकेटका लागि ३२ रनको साझेदारी भएर टुट्यो। खड्काको सानदार इनिङ कादिर अहमदले समाप्त पारेका थिए। यति बेलासम्म खड्काले १५ चौका र १ छक्का प्रहार गरिसकेका थिए। उनको विकेट पतन बाबजुद तल्लो क्रमका ब्याट्सम्यानले लय बिगारेनन्। आरिफ र सोमपाल कामीले क्रमशः २१ र २६ रनमा नटआउट रहँदै नेपालको जित पक्का गरे। उनीहरूले सातौं विकेटका लागि ४० रन जोडेका थिए।

यसअघि नेपालले टस जितेर घरेलु टोली यूएईलाई ब्याटिङको निम्तो दिएको थियो। जसमा यूएईले भरपुर फाइदा उठाएर निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको थियो। नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिलाउन टोलीका लागि साइमान अनवरले ८७ रन र मोहम्मद बुटाले ५९ रन बनाए। नेपालका बलरमा कप्तान खड्का र करण केसी २÷२ विकेट लिन सफल भए भने सन्दीप लामिछाने र सोमपाल कामीले १÷१ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्