कम्वोडियाली माओवादी नेताहरुलाई आजीवन कारावासको सजायँ


एजेन्सीहरु । कम्वोडियाका दुई जना वरिष्ठ माओवादी नेताहरुलाई आम नरसंहारको आरोपमा आजीवन कारावासको सजायँ सुनाइएको छ ।

कम्वोडियामा सन् १९७५ देखि १९७९ सम्म माओवादी कम्युनिष्टहरुको शासन थियो । खमेर रुज नामले चिनिने उनीहरुले सन् १९७५ मा हिंसात्मक सघर्ष गरेर सत्ता कब्जा गरेका थिए । त्यस अवधीमा असंख्य मानिसहरुको आम संहार भएको वताइन्छ ।

संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त अदालतले सो सजायँ सुनाएको हो । सो अवधीमा सरकारको दोश्रो वरियतामा रहेका नुओन चेया र राष्ट्र प्रमुखको रुपमा रहेका ख्यु साम्फानलाई आजीवन कारावासको सजायँ सुनाइएको छ । उनीहरु अहिले जेलमा छन् ।

नुओन चेया ९२ वर्षका छन् भने ख्यु साम्फान ८७ वर्षका छन् ।

विश्लेषकहरुले यस घटनाले आम नरसंहारमा सामेल रहेकाहरु बृद्ध अवस्थामा भएपनि उम्कन नपाउने सन्देश जाने वताउँछन्  ।

नेपालका माओवादी नेताहरुको भविश्यका वारेमा पनि यस्तै विभिन्न अडकल काटिने गरिएको पर्यवेक्षकहरु वताउँछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।